काठमाडौं । सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराजसिंह थापालाई नियुक्त गरेको छ । विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन् । नवनियुक्त रजिस्ट्रार थापाले आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन् । थापा काठमाडौँ विश्वविद्यालयमा विगत २२ वर्षदेखि सहप्राध्यापकका रूपमा कार्यरत