प्रभु इन्स्योरेन्सद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग

  • बुधबार १७ भौ २०८३ ११:५३ AM
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ। बाढीका कारण ज्यान गुमाएकाहरूप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ। प्राकृतिक विपद्ले प्रभावित परिवार, स्थानीय समुदाय तथा समग्र राष्ट्रलाई गम्भीर पीडा र चुनौतीको सामना गर्न बाध्य बनाएको उल्लेख गर्दै कम्पनीले यस्तो कठिन ... The post प्रभु इन्स्योरेन्सद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग appeared first on Kalika Khabar.