भोटेकोसी बाढीपीडितलाई भीमफेदीको पाँच लाख सहयोग

  • बुधबार १७ भौ २०८३ ०४:५७ PM
मकवानपुर । भीमफेदी गाउँपालिकाले भोटेकोसी बाढी पीडितलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले रसुवाका गोसाइँकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिका तथा नुवाकोटका आमाछोदिङ्मो, कालिका र किस्पाङ गाउँपालिकालाई जनही एक लाख रुपैयाँका दरले कुल पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने पालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।       विपद्का समयमा तत्काल राहत तथा पुनःस्थापनाका काममा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको लामाले बताए । सहयोग रकम गाउँपालिकाका जनप्रतिनिधिले प्राप्त गर्ने पारिश्रमिकबाट जम्मा गरिएको हो ।