काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा हदबन्दीका कारण सार्वजनिक प्रयोजनका लागि छुट्याइएको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार साविक भुजौली गाउँ पञ्चायत–९(ख) का विभिन्न कित्ता नम्बरको जग्गा तत्कालीन जग्गाधनी स्वर्गीय सुर्जा मिश्राइनले विसं २०२२ मै हदबन्दीमा परेको भन्दै कालीजी मन्दिरलाई दान गरेकी थिइन्। ती जग्गामा हाल पनि कालीजी र शिवजीका मन्दिर रहेका छन् भने स्थानीय समुदायले लामो समयदेखि पूजा तथा संरक्षण गर्दै आएको आयोगको अनुसन्धानबाट खुलेको छ। तर उक्त जग्गा पछि पर्वतराज कान्त मिश्रको नाममा दर्ता गरी नागरिक उड्डयन प्राधिकरणको ... The post हदबन्दीमा परेको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on Kalika Khabar.