काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढिरहेका बेला एथर नेपालले आफ्नो देशव्यापी उपस्थिति थप विस्तार गरेको छ । नेपालका लागि एथरको अधिकृत वितरक वैद्यज एनर्जी प्रालिले धरान–१, छाता चोकमा नयाँ एथर एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो । भदौ १७ गते औपचारिक उद्घाटन गरिएको उक्त सेन्टरसँगै नेपालमा एथरका एक्सपेरियन्स सेन्टरको संख्या १३ पुगेको कम्पनीले जनाएको छ ।