काठमाण्डु– चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि २३ देशका २६१ विदेशी नागरिक बेपत्ता भएको पहिचान गरिएको बताएका छन्। बुधबार पत्रकार सम्मेलनमा उनले चीनले मंगलबार चीनमा रहेका सम्बन्धित देशका दूतावासलाई समेत यसबारे जानकारी गराएको बताएका हुन् । बेपत्ता नागरिकको खोजी तथा उद्धारका लागि चीन सबै पक्षसँग सञ्चार, समन्वय र सहकार्य कायम राख्न