काठमाडौँ । नपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विपद्को समयमा सरकारको साथ रहेको बताए। तर, उनले तर सरकारको साथमा हुनुको अर्थ सरकारले गरेका सबै कामलाई आँखा चिम्लेर समर्थन गर्नु नभएको उनले स्पष्ट पारे। ‘विपद्मा सरकारको साथमा छौँ भन्नुको अर्थ सरकारले गरेका सबै कुरा माफ भन्ने पनि होइन । राम्रो काम गर्छ, साथ–समर्थन छ । बाटो बिराउँछ भने खबरदारी र प्रश्न पनि छ । खास सहयोग यही होइन र