अग्रगामी युवा मोर्चाद्धारा नुवाकोटका बाढीपीडितलाई राहत सामाग्री वितरण

  • बुधबार १७ भौ २०८३ ०९:५२ AM
नुवाकोट । नौ दलीय अग्रगामी मोर्चाको अग्रगामी युवा मोर्चाले बाढी प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको छ । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएपछि अग्रगामी युवा मोर्चाले विभिन्न राहत सामाग्रीहरु लिएर आज नुवाकोटमा वितरण गरेको हो । नुवाकोटको विदुर–५ पिपलटार स्थित चन्द्रज्योति माविको होल्डिङ सेन्टरमा राहत सामाग्री वितरण गर्नुका साथै विदुर–४ स्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहेको राहत संकलन केन्द्रलाई समेत विभिन्न राहत सामाग्रीहरु बुझाइएको आम जनता पार्टी (आजपा)का प्रवक्ता सुभाष साहले जनाएका छन् । अतिआवश्यक औषधि, कपडा, दालचामल, फलफुल, पानीजुश लगायतका ... The post अग्रगामी युवा मोर्चाद्धारा नुवाकोटका बाढीपीडितलाई राहत सामाग्री वितरण appeared first on Kalika Khabar.