बाढी गएको दिनदेखि अहिलेसम्म सरकारले के-के काम गर्‍यो ?

  • बुधबार १७ भौ २०८३ ०९:५५ AM
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले भाेटेकाेसीकाे बाढीले गल्छी–वेत्रावती–रसुवागढी सडक तथा पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा ठूलो क्षति पुर्‍याएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले गल्छी–वेत्रावती–रसुवागढी सडकको बिदुर–वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी खण्डमा ४० किलोमिटर सडक पूर्णरूपमा र १६ किलोमिटर आंशिक रूपमा क्षतिग्रस्त भएको जानकारी दिएका हुन् । बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्र बनाइरहेको