काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेता दाहालले प्रधानमन्त्रीले संसद् र राजनीतिक दलहरूलाई बेवास्ता गरेको आरोप लगाएका हुन् । सम्बोधनका क्रममा दाहालले प्रधानमन्त्री सबैको साझा हुनुपर्ने उल्लेख गर्दै संसद्मा प्रस्तुत हुँदा अन्य सदस्यहरूको अस्तित्वलाई स्वीकार नगर्नु लोकतान्त्रिक