प्रचण्डको आरोप- सरकार उद्धार र जनपरिचालनमा असफल भयो

  • बुधबार १७ भौ २०८३ ०९:४६ AM
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विपद्को समयमा उद्धार र जनपरिचालनमा असफल भएको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले बाढी आएको दिन प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता देखेपछि सरकारबाट राम्रो पहल हुने विश्वास आफूले गरेको बताए। तर पछिल्ला दिनमा सरकारको कामकारबाहीमा सुस्तता देखिएको उनको भनाइ छ। उनले भने, ‘यो संकटको घडीमा