विपद्लगत्तै सुरक्षाकर्मीलाई खोज, उद्धार र राहत कार्यमा परिचालन गरियोः प्रधानमन्त्री

  • बुधबार १७ भौ २०८३ ०८:३४ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा यही भदौ १० गते गएको भीषण बाढीलगत्तै सुरक्षाकर्मीहरूलाई खोज, उद्धार, उपचार र राहत कार्यमा परिचालन गरिएको जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले बाढी गएको दिन बिहान ८ः४५ बजे सूचना प्राप्त हुनासाथ जिल्ला विपद् व्यवस्थापन समितिबाट ‘ब्रिफिङ’ लिएर सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको जानकारी गराए