प्रधानमन्त्री बालेन शाहले बाढीसहितको हिलामाटोले टनेल पूर्ण रूपमा थुनिएकाले त्यहाँ फसेकाहरूको उद्धार कार्य निकै चुनौतीपूर्ण रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री शाहले विश्वका विभिन्न देशमा टनेलमा विपत्ति आउँदा पहिरो पन्छाएर उद्धार गर्ने विशेषज्ञ र प्रविधि उपलब्ध भए पनि अहिलेको अवस्था त्यसभन्दा फरक रहेको बताए। उनले भने, ‘टनेलमा फस्नुभएकाहरूको अहिले धेरै