काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्। सम्बोधनमा क्रममा उनले विपत्तिसँग लड्नुको विकल्प नभएको बताएका छन्। उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको बताए। ‘दृढ संकल्प र सहासका साथ यो विपत्तिमा लड्नुको विकल्प छैन र थिएन । हामी लडिरहेका छौं,’ उनले भने। प्रधानमन्त्री बालेनले यो विपत्ति देशकै छातीमा बज्रपात भएको बताए।