काठमाडौंको संघर्षका कार्यक्रम स्थगित गरेका जेनजी युवाद्धारा नुवाकोटमा राहत सामाग्री वितरण

  • बुधबार १७ भौ २०८३ ०८:११ AM
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले प्रभावित क्षेत्रका पीडितका लागि युवाहरुले राहत सामाग्री लिएर पुगेका छन् । आउँदो भदौ २३ गतेको पुर्वनिर्धारित संघर्षका कार्यक्रम स्थगित गर्दै कमन जेनजी नेपालले राहत, उद्धारमा जुटेको हो । कमन जेनजी नेपालका अध्यक्ष विकेश साह सहितका युवाहरुले आज राहतका सामाग्रीहरु लिएर नुवाकोट पुगेका छन् । उनीहरुले रसुवा पुग्ने प्रयास पनि गरिने र बाढी पीडितलाई राहतका सामाग्रीहरु उपलब्ध गराउने जनाएका छन् । अतिआवश्यक औषधिका साथै लताकपड़ा, चामलदाल, फलफूल, आलूप्याज, पानीजुस लगायतका खाद्यान्न सामाग्रीहरु दुई गाडी लिएर नुवाकोट पुगेको कमन जेनजी नेपालका अध्यक्ष साहले जनाएका छन् । गत ... The post काठमाडौंको संघर्षका कार्यक्रम स्थगित गरेका जेनजी युवाद्धारा नुवाकोटमा राहत सामाग्री वितरण appeared first on Kalika Khabar.