काठमाडौं । संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोगका लागि उपलब्ध ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ । बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत दुई हजार ६०० परिवारलाई सहयोग स्वरूप पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सौर्य बत्तीलगायतका उक्त सामग्रीमा उपलब्ध गराइने यहाँ स्थित अमेरिकी