काठमाण्डु – गत बुधबार त्रिशुली नदीमा गएको बिनासकारी बाढीमा बगेर ज्यान गुमाएकाहरुको शव सडेपछि बस्तीमा दुर्गन्ध फैलिन थालेको छ । बाढीबाट विस्थापित तटीय क्षेत्रका बासिन्दामा दुर्गन्धसँगै महामारी फैलिन सक्ने त्रास बढेको छ । रसुवाको टिमेरेदेखि, स्याफ्रुबेसी, चिलिमे, मैलुङ, शान्ति बजार, बेत्रावती, सोले, भैंसे, त्रिशुली, देवीघाट, महादेव फाँट र गल्छीसम्म नदी किनारका ठाउँठाउँमा शव छरपष्ट छन्