काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री शाहले गत बुधबारको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाहरूमा भएको मानवीय तथा भौतिक क्षति र खोज, उद्धार तथा राहतका विषयमा जानकारी गराउने भएका हु्न्। बाढीपछि स्थगित भएको बैठक आज बस्न लागेको हो। बैठकमा विशेष प्रस्ताव पेश गर्ने र दलका तर्फबाट नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ। बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री शाहले बाढीबाट भएको क्षति, खोज तथा उद्धार र राहतका कार्यक्रमबारे संसद्लाई जानकारी गराउने कार्यसूची तय भएको रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले जानकारी दिए।