काठमाण्डु– ग्लोबल आइएमई बैंकले शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बुधबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको