भोटेकोशी बाढीपछि मन्त्री चौधरीले लिइन जलवायु विज्ञसँग सुझाव

  • बुधबार १७ भौ २०८३ ०५:२७ AM
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट भएको क्षतिलाई जलवायु संकटबारे विज्ञहरूसँग सुझाव लिएकी छन् । मन्त्री चौधरीले मन्त्रालयमा जलवायुसँग सम्बन्धित विज्ञहरू बोलाएर सुझाव लिएकी हुन् । सो छलफलमा मन्त्री चौधरीले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेण्डाका रूपमा अघि बढाउनुपर्ने बताएकी छन् ।