डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा योगको असाधारण भूमिका रहेको बताएका छन् । पतञ्जलि योग समिति डडेल्धुराद्वारा आज अमरगढीमा आयोजित कार्यक्रममा उनले योगको महत्त्व र प्रभावलाई समाजका सबै तह र तप्काले बुझेर साधना गर्नुपर्ने आवश्यकतामा जोड दिए । मुख्यमन्त्री भट्टले योगलाई शारीरिक व्यायामका रूपमा मात्र नभई स्वस्थ जीवनशैली