काठमाडौं । मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ नेपालबीच ढुवानी व्यवसायीलाई गाडी खरिद तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघका अध्यक्ष माधवप्रसाद नेपालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महासंघमा आबद्ध व्यवसायीले ढुवानीका लागि आवश्यक जुनसुकै ब्रान्डका गाडी खरिद गर्न बैंकबाट कर्जा