बाढी प्रभावितको बीमा दाबी छिटो भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

  • बुधबार १७ भौ २०८३ ०५:३१ AM
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रका बीमितको बीमा दाबी छिटो र सहज रूपमा भुक्तानी गर्न निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको छलफलमा अर्थमन्त्री वाग्लेले बाढीबाट पीडितलाई बीमा कम्पनीले सहयोग गर्नुपर्ने बताएका हुन् । उनले बीमा दाबी भुक्तानीमा समस्या भए सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।