भोटेकोशी बाढीको पीडा : शव नपाएपछि कुशको शव बनाएर बेपत्ताहरूको दाहसंस्कार गरिँदै

  • बुधबार १७ भौ २०८३ ०५:४७ AM
भोटेकोशी बाढीमा परि बेपत्ता भएकाहरूको कुशको शव बनाएर अन्त्येष्टि गर्न थालिएको छ । एक सातासम्म शव फेला नपरेपछि आफन्तहरूले कुशको शवबाट अन्तिम संस्कार सुरु गरेका हुन् । पशुपतिको आर्यघाटमा यसरी अन्त्येष्टि गर्नेहरू बढेका छन् । शव फेला पर्ने सम्भावना नरहेको र जीवित फेला पर्ने आश पनि मरेकोले आफन्तले अन्तिम संस्कार सुरु गरेका हुन् ।