काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। भाद्र १० गते बिहान रसुवा भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। विपद्बाट प्रभावित परिवारको खोजतलास, उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो। भाद्र १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल सरकारको प्रधानमन्त्री दैवी ... The post प्रभु बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि २ करोड ११ लाख सहयोग appeared first on Kalika Khabar.