त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङखोला खण्ड भासिँदै

  • बुधबार १७ भौ २०८३ ०४:३० AM
काठमाडाैं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको जवाङखोला क्षेत्रमा त्रिशूली नदीको कटानका कारण सडक भासिन थालेको छ । नदीले सडकको तल्लो भागबाट तीव्र रूपमा कटान गरेसँगै बुधवार बिहानैदेखि सो स्थानमा सडकको सतह दबिन सुरु भएको हो । नदीको बहाव बढेर सडकको जगमै क्षति पुर्याउन थालेपछि राजमार्गको उक्त खण्ड उच्च जोखिममा परेको छ । गत भदौ १० गते