धुन्चे । भोटेकोशी र त्रिशूली नदीमा आएको आकस्मिक बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भएको छ । बाढी प्रभावित विभिन्न क्षेत्रहरूबाट उद्धार गरिएका नागरिक, संकलन गरिएका शव तथा राहत एवं उद्धार सामग्रीहरू हाल धुन्चेस्थित नेपाली सेनाको क्याम्पमा ल्याइएको छ । विपद्पश्चात नेपाली सेनाले प्रभावित क्षेत्रहरूमा तीव्र रूपमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ ।