जनकपुरधाम । मधेश प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीसहित विभिन्न नदी क्षेत्रका बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले बाढी तथा विपद्का कारण ज्यान गुमाएका मधेश प्रदेशका नागरिकका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो । विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रदेश सरकारले राहत सामग्री र आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मधेश सरकारका प्रवक्ता स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले बाढी प्रभावितहरुको लागि ... The post भोटेकोशी बाढीका मृतकका परिवारलाई एक लाख राहत दिने मधेश सरकारको निर्णय appeared first on Kalika Khabar.