काठमाण्डु – नेपालको बाढी प्रभावित क्षेत्रका नागरिकका लागि भारतले पाँचौँ खेपको सहयोत पठाएको छ । भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि बुधबार भारतले ११ जनाको उद्धार टोली र ५.५ टन औषधिसहित पाँचौँ खेप नेपाल पठाएको हो। भारतका विदेशमन्त्री डा. एस जयशंकरले उद्धारसहितको टोली र सहयोग सामग्री बोकेको विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी एक्समार्फत् दिएका