काठमाण्डु – भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका नौ दक्षिण कोरियाली नागरिकको खोजी गर्न दक्षिण कोरियाले ४४ सदस्यीय विपद् राहत टोली नेपाल पठाएको छ। टोली बुधबार बिहान काठमाण्डु आइपुगेको हो। दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रालय, कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) र अग्नि नियन्त्रण अधिकारीसहितको कोरिया विपद् राहत टोली (केडीआरटी) वायु सेनाको केसी–३३० साइग्नस