फोहर बेचेर व्यासले कमायो २७ लाख

  • बुधबार १७ भौ २०८३ ०२:४२ AM
दमौली । तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा रु २७ लाख आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा पुनः प्रयोगयोग्य बनाइएका फोहर बिक्री गरी उक्त आम्दानी गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयोगयोग्य बनाइएका विभिन्न वस्तु बिक्री गरी नगरपालिकाले उक्त आम्दानी