पुस्तकालयको गौरव पुनःस्थापित गर्दै गुरुकुल

  • बुधबार १७ भौ २०८३ ०२:५२ AM
महोत्तरी । प्राचीन संस्कृत भाषा र साहित्य साधनाको केन्द्र मानिने महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) ले पठन संस्कृतिलाई जोड दिँदै पाँच दशकअघिको पुस्तकालय जगाउने अभियान थालेको छ । शङ्कर आदर्श पुस्तकालयलाई फेरि पनि पुरानै लयमा फर्काउन अहिले गुरुकुलले विशेष अभियान चलाएको छ । विसं २०३३ मा तत्कालीन विद्यार्थीले स्थापना गरे पनि उचित व्यवस्थापन