गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

  • बुधबार १७ भौ २०८३ ०३:१३ AM
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको छ । करिब एक हजार ७०० वर्गमिटरमा ढुङ्गा छापिनेछ । प्राचीन महत्वका क्षेत्रका रूपमा रहेको उक्त स्थानमा कालोपत्र हटाई ढुङ्गा छाप्न थालिएको वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए । करिब रु ८७ लाख लागतमा पहिलो चरणको काम सुरु भएको हो ।