‘यो पागलपन रोक्नुपर्छ’ भन्ने गुटेरेसको त्यो अभिव्यक्ति र भोटेकोशीको बाढी

  • बुधबार १७ भौ २०८३ ०७:०३ AM
नेपालका हिमाली भेगमा वर्षेनि बढ्दै गएको तापक्रम, पग्लिरहेका हिमनदी र त्यसले निम्त्याइरहेको विपद्ले देशको जलवायु संकट अब चेतावनीको तहबाट पार गरी वास्तविक विनाशको रूपमा देखापरिरहेको छ ।  संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले करिब तीन वर्षअघि खुम्बुमा उभिएर दिनुभएको चेतावनी अहिले थामे र भोटेकोशीका विपद्मा साँचो सावित भइरहेको छ । र यही यथार्थलाई विश्व मञ्चसम्म पुर्‍याउँदै महिला नेतृत्वको सामाजिक संस्था ‘साथसाथै फाउन्डेसन नेपाल’ले जलवायु न्यायका लागि खुम्बु, कर्णाली र तराईदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय तहसम्म निरन्तर आवाज उठाउँदै आएको छ । यो पागलपन रोक्नुपर्छ : गुटेरेस संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस सन् २०२३ अक्टोबरमा चार दिने नेपाल भ्रमणमा आउँदा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका पुगेका थिए । त्यहाँ स्थानीयवासीसँग भेटेर जलवायु परिवर्तनले उनीहरूको दैनिक जीवनमा पारेको असर बुझेपछि उनले जारी गरेको भिडियो सन्देश विश्वभर चर्चित बनेको थियो ।  सञ्चारमाध्यममा आए अनुसार महासचिवले हिमालमा रेकर्ड स्तरमा हिउँ पग्लिरहेको, ग्रीनल्यान्ड र अन्टार्कटिकामा जस्तै समुद्री सतह बढिरहेको र यसैका कारण बाढी–पहिरोले समुदाय गम्भीर रूपमा प्रभावित भइरहेको बताउँदै विश्वलाई यो ‘पागलपन रोक्नुपर्छ’ भन्दै आग्रह गरेका थिए । ‘हिमनदी पछि हट्दै छन्, हामी भने पछि हट्न सक्दैनौं । जलवायु कार्यमा अगाडि बढ्नैपर्छ,’ उनले भनेका थिए । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार महासचिवले स्थानीयका चिन्ता र सुझावसहित यो विषय कोप–२८ सम्म पुर्‍याउने प्रतिबद्धता जनाएका थिए । पछि दुबईमा भएको कोप–२८ मा पनि उनले नेपाल र अन्य हिमाली मुलुकले आफूले नगरेको संकटको मार खेपिरहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका थिए । महासचिवको सोही भ्रमणको सन्दर्भमा साथसाथै फाउन्डेसनकी अध्यक्ष प्रजिता कार्कीले पनि भिडियो सन्देशमार्फत उहाँसमक्ष हिमाली समुदायले भोगिरहेको यथार्थ पुर्‍याउने प्रयास गरेकी थिइन् ।  तापक्रम वृद्धिका कारण हिमाल पग्लिँदै गएको परिवेश, त्यसले स्थानीय जनजीवनमा पारेको प्रत्यक्ष असर र जलवायु न्यायको आवश्यकतातर्फ विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले जारी गरिएको यो सन्देश नगन्य कार्बन उत्सर्जन गर्दागर्दै पनि सबैभन्दा बढी मार खेप्नुपरेको नेपालका पहाडी र हिमाली समुदायको पीडालाई अन्तर्राष्ट्रिय नेतृत्वसम्म पुर्‍याउने संस्थाको निरन्तर प्रयासकै एक कडी थियो ।  थामेको हिमताल विष्फोट : चेतावनी वास्तविकतामा महासचिवको भ्रमणको ठ्याक्कै एक वर्षपछि, सन् २०२४ अगस्ट १६ मा खुम्बुकै थामे गाउँमा हिमताल विष्फोटजन्य बाढी (जीएलओएफ) ले ठूलो क्षति पुर्‍यायो ।  काठमाडौं पोस्टका अनुसार थामे नदीमा आएको यस बाढीले हिलो, गिट्टी र ढुंगा बगाएर ल्याउँदा खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्ब। ५ मा २० घर, एउटा प्राथमिक विद्यालय र एउटा स्वास्थ्य चौकी क्षतिग्रस्त भए, जसमा १३५ जना विस्थापित बने । पछिको हवाई निरीक्षणले थामे माथिका पाँच साना हिमतालमध्ये दुई विष्फोट भएको पुष्टि गरेको थियो ।  भोटेकोशीको विनाशकारी बाढी अगस्ट २०२६ मा रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीले नेपालको हालैका वर्षकै सबैभन्दा ठूलो विपद् निम्त्यायो । टिमुरे र स्याफ्रुबेसीबाट सुरु भएको यो बाढीले सडक, पुल र संरचनाहरू बगाउँदै त्रिशूली नदी प्रणालीसम्म तहसनहस पार्‍यो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालसम्म एक हजार बढीको शव फेला पारिसकेको र करिब ४,६०६ जना अझै बेपत्ता रहेको जनाएको छ । चितवनमा सबैभन्दा बढी शव भेटिएका छन् भने नवलपरासी पूर्व, नवलपरासी पश्चिम, नुवाकोट, गोरखा, धादिङ, तनहुँ र रसुवामा शव फेला परेका छन् । धेरै शव मूल बाढी क्षेत्रबाट सयौं किलोमिटर तल बगेर गएको पाइएको छ ।  जलवायु तथा मौसम विज्ञान विभागले उपग्रह चित्रका आधारमा यो घटना पनि रसुवाको लेन्दे खोलामा भएको हिमताल विष्फोटकै परिणाम भएको निष्कर्ष निकालेको छ । सन् २०२५ जुलाईमा त्यही क्षेत्रमा भएको उस्तै घटनापछि यो दोस्रोपटक विपत्ति आएको हो ।  खुम्बुदेखि कर्णाली र तराईसम्मको संघर्ष साथसाथै फाउन्डेसनले जलवायु न्याय, महिला सशक्तीकरण, दिगो विकास र पर्यटनजस्ता विषयलाई केन्द्रमा राखेर खुम्बु, कर्णाली र तराई गरी तीनवटै भौगोलिक क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।  खुम्बुमा गोक्यो जलवायु सम्मेलनबाट नौ बुँदे ‘गोक्यो घोषणापत्र’ जारी भएको थियो भने मुगुको रारा तालमा आयोजित ‘कर्णाली कन्क्लेभ’ बाट ‘कर्णाली घोषणापत्र’ जारी भई कर्णालीका समुदायको आवाजलाई अन्तर्राष्ट्रिय जलवायु वार्तासम्म पुर्‍याउने प्रतिबद्धता जनाइएको थियो । यसरी स्थानीय तहमा उठेका आवाज र प्रमाणलाई प्रदेश र संघीय संसद्समेतमा पुर्‍याउँदै स्थानीय र केन्द्रीय सरकारबीचको खाडल पुर्ने प्रयास पनि संस्थाले गर्दै आएको छ । सरकारी तहबाट पनि थुप्रै पहल विपद्को यो शृंखलाका बीच नेपाल सरकारले पनि जलवायु क्षेत्रमा केही सकारात्मक कदम चालेको छ । वन तथा वातावरण मन्त्रालयको नेतृत्वमा तयार भई सन् २०२५ मे महिनामा संयुक्त राष्ट्र संघमा बुझाइएको नेपालको तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडीसी ३