नेमुवामा बिहानै आगलागी, दुई पसलका सामान जलेर नष्ट

  • बुधबार १७ भौ २०८३ ०१:५७ AM
विराटनगर :  मोरङको बूढीगंगा गाउँपालिका–३ नेमुवामा बुधबार बिहान आगलागी हुँदा दुईवटा पसलका सामान जलेर नष्ट भएका छन्। स्थानीय निर्मल पौदारको दुईतले पक्की घरको माथिल्लो तलाबाट बिहान करिब ३ बजे आगलागी सुरु भएको प्रहरीले जनाएको छ।