इनिशा विक प्रकरण: जिल्ला र उच्चबाट पुर्पक्षमा पठाइएकालाई रिहा गर्न सर्वोच्चको आदेश

  • मङगलबार १६ भौ २०८३ ११:५४ PM
काठमाडौँ । सुर्खेतमा बालिका इनिशा विकको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा बाल सुधार गृहमा रहेका तीनै जना बालकलाई सर्वोच्च अदालतले अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ । सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतको आदेशलाई बदर गर्दै सर्वोच्चले उनीहरूलाई थुनामुक्त गरी मुद्दाको कारबाही अगाडि बढाउन भनेको हो । सर्वोच्च अदालतका  न्यायाधीश द्वय शारंगा सुवेदी र नृप ध्वज निरौलाको संयुक्त इजलासले मङ्गलवार उक्त आदेश जारी गरेको हो । कानुनी विवादमा परेका बालकका तर्फबाट दायर गरिएको ‘कैफियत प्रतिवेदन’ उपर सुनुवाइ गर्दै सर्वोच्चले उनीहरूलाई बाल सुधार गृहमा राखिरहनु नपर्ने ठहर गरेको छ । के थियो जिल्ला र उच्च अदालतको अघिल्लो आदेश