काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुरुङमार्गभित्र फसेका नागरिकको उद्धारका लागि पावरहाउससम्म पुगेर खोजी तथा उद्धार अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ । मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले यस्तो आग्रह गरेका हुन् । उनले जलविद्युत आयोजनाका पावरहाउसमा रहेका नागरिकको उद्धारमा विज्ञ परिचालन गर्न समेत