बाढी प्रभावित क्षेत्रमा सम्भावित सङ्क्रामक रोग फैलिन नदिन विशेष निगरानी

  • मङगलबार १६ भौ २०८३ ०४:०२ PM
काठमाडौं । सरकारले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा सम्भावित सङ्क्रामक रोगहरू फैलिन नदिन विशेष निगरानी र प्रतिकार्यका गतिविधिलाई तीव्रता दिएको छ । स्वास्थ्य तथा स्वच्छता मन्त्रालयका सहसचिव हेमन्तचन्द्र ओझाका अनुसार मन्त्रालयको स्वास्थ्य सङ्कटकाल तथा विपद् व्यवस्थापन एकाइ र स्वास्थ्य आपतकालीनकार्य सञ्चालन केन्द्रले प्रभावित क्षेत्रमा सङ्क्रामक रोग नियन्त्रण तथा स्वास्थ्य प्रतिकार्यको नेतृत्व गरिरहेका छन् ।