काठमाण्डु – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन तत्काल वैकल्पिक संरचना निर्माण गरिने भएको छ । पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको बैठकले कृष्णभीरको पहिरो व्यवस्थापन तथा पृथ्वी राजमार्ग सञ्चालनका लागि तत्कालीन र दीर्घकालीन उपाय अघि बढाउने निर्णय गरेको हो । मन्त्रालयका अनुसार विपद् प्रभावित क्षेत्र र राजधानी बिचको आपूर्ति शृंखला पुन:स्थापना गर्न