भोटेकोसी बाढीपछि पुन:स्थापनातर्फ सरकार, राहतका लागि १ अर्ब निकासा

  • मङगलबार १६ भौ २०८३ ०२:१६ PM
काठमाण्डु – रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि नेपाल सरकारले खोज, उद्धार र राहतसँगै पुन:स्थापनाको कामलाई प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे मंगलबार जानकारी दिँदै सरकार पुन:स्थापनातर्फ अग्रसर भएको बताएका छन् । प्रधानमन्त्री शाहका अनुसार प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने कार्यसँगै स्वास्थ्य उपचार, मनोपरामर्श र सुरक्षित