काठमाडौं । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण बाढीमा परि सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा प्रविधिको सहयोग लिन सरकारसँग आग्रह गरेको छ । मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा पार्टीको तर्फबाट यस्तो आग्रह गरिएको केन्द्रीय सदस्य देवराज चालिसेले बताएका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सुरुङभित्र फसेका दक्ष जनशक्तिको उद्धारमा