रसुवा बाढीः उद्धार, राहत तथा पुनःस्थापनामा तीनै तहमा सर्वदलीय संयन्त्र परिचालन गरिने

  • मङगलबार १६ भौ २०८३ ०२:१० PM
काठमाडौं । १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ । मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको नेताहरूले बताएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले प्रदेश र स्थानीय