काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेका १ हजार १५५ जनाको स्वास्थ्य उपचार गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको एपीएफ अस्पताल बलम्बुबाट खटिएको चिकित्सक सहितको टोलीले बाढी प्रभावित क्षेत्रको विभिन्न ठाउँमा हेल्थ क्याम्प खडा गरी उनीहरूलाई स्वास्थ्य उपचार प्रदान गरेको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मी टोलीले बाढी प्रभावित क्षेत्रमध्ये रसुवाको टिमुरे,