काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत सामग्री सङ्कलन तथा वितरण, आर्थिक एवं मानवीय सहयोग परिचालन र पुनर्स्थापनाका लागि नेकपा (एमाले)ले गठन गरेको ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ परिचालित भएको छ। नेकपा (एमाले)ले भदौ १५ गते पार्टीका सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो। समितिमा रहेका सदस्यहरूलाई प्रभावित जिल्लामा समन्वय गर्ने गरी कार्यविभाजनसमेत गरिएको पार्टीले जनाएको छ। सोही कार्यविभाजनअनुसार नुवाकोट जिल्ला संयोजकको जिम्मेवारी पाएका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रुपनारायण श्रेष्ठको नेतृत्वमा युथ भोलेण्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठलगायतको ... The post बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनामा एमालेको विशेष समिति परिचालित appeared first on Kalika Khabar.