राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक

  • मङगलबार १६ भौ २०८३ १२:२२ PM
काठमाडौं । राष्ट्रमा दिगो शान्ति, समृद्धि तथा लोककल्याणको कामनासहित आज बिहान श्रीपशुपतिनाथ मन्दिरमा विशेष महारुद्रीसहितको क्षमापूजा गरिएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेश) ले मूल मन्दिर परिसरमा देशमा शान्तिको सङ्कल्पसहित महारुद्राभिषेक शुभारम्भ गरेका हुन् । रसुवा बाढीमा परी जीवन गुमाएका, हराइरहेका र घाइते