काठमाण्डु – भोटेकोशी बाढीबाट प्रभावितका लागि गोल्याण फाउण्डेसनले खानादेखि मनोपरामर्श सेवा सञ्चालन गरेको छ । गोल्याण ग्रूप अन्तर्गतको समाजसेवी संस्था गोल्याण फाउन्डेसन बाढीको भोलिपल्ट भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा खटिएको छ । फाउन्डेसनले बाढी प्रभावित क्षेत्रमध्ये नुवाकोटको विदुर नगरपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालय होल्डिङ सेन्टरमा भोजन, स्वास्थ्य उपचार, मनोपरामर्श लगायत सेवा दिइरहेको छ ।