काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आह्वानमा संकलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा हस्तान्तरण गरिएको छ । इप्पानको पहलमा भएको आह्वानमा इप्पान सम्वद्ध कम्पनीहरूको तर्फबाट विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणका लागि १३ करोड १ रुपैयाँ सहयोग रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिएको हो ।