‘प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबिच निरन्तर समन्वय’

  • मङगलबार १६ भौ २०८३ ०१:०७ PM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले विपद् व्यवस्थापनको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र पार्टी सभापति रवि लामिछानेबीच निरन्तर संवाद र समन्वय भइरहेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सरकार र पार्टीबिचको सम्बन्ध सौहार्दपूर्ण, कसिलो र समन्वयकारी रहेको उनको दाबी छ