बाणगंगा, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कपिलवस्तुको बाणगंगा नगरपालिकाले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ४५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बाढीबाट ठूलो जनधनको क्षति भएपछि राष्ट्रिय विपद्को समयमा स्थानीय तहले आफ्नो स्रोत परिचालन गर्दै प्रभावित नागरिकको राहतमा योगदान