काठमाडौँ । अधिकारकर्मीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा प्रभावकारी समन्वय अघि बढाउन आग्रह गरेका छन् । बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै अधिकारकर्मीले मृतकका परिवारप्रति समवेदना तथा सम्पर्कविहीनको सकुशल उद्धारको कामना गरेका हुन् । उद्धार तथा राहतमा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै अधिकारकर्मीद्वारा जारी संयुक्त वक्तव्यमा स्थानीय तहको सहभागिताबिना राहत तथा पुनःस्थापनाको काम प्रभावकारी हुन नसक्ने भएकाले जनाइएको छ । राहत वितरणमा सरकारी तथा नागरिक संस्थाको सहभागिता बढाउन, एकीकृत सूचना प्रणाली स्थापना गरी विपद्सम्बन्धी सही सूचना तत्काल प्रवाह गर्ने व्यवस्था मिलाउन तथा सञ्चारमाध्यमलाई समाचार सङ्कलनमा सहज वातावरण बनाउन माग गरिएको अधिकारकर्मी तिलोतम पौडेलले बताए । उनका अनुसार बालबालिका, महिला, ज्येष्ठ नागरिकलगायत प्रभावित समूहका लागि स्वास्थ्य, शिक्षा तथा मनोसामाजिक सहयोगलाई प्राथमिकता दिन र सम्भावित सरुवा रोग नियन्त्रणका लागि तत्काल कदम पनि चाल्न आग्रह गरिएको छ । अस्मिता सापकोटा, अजित आचार्य, अभिषेक अधिकारी, डा बिमला राई पौड्याल, विष्णुप्रसाद पोखरेल, धनबहादुर मिजार, डा गोपालकृष्ण शिवाकोटी, इन्द्र अर्याल, इन्दु तुलाधर, कनकमणि दीक्षित, कृष्ण गौतम, डा पद्मप्रसाद खतिवडा, भगवती अधिकारी, भक्त विश्वकर्मा, बद्री भूसाल, मोनिका निरौला, नीतु पोखरेल, निराजन थपलिया, नानीमाया थापा, डा प्रकाश भट्टराई, सरोज नेपाल, सञ्जय शर्मा, सावित्री थापा, शिव खकुरेल, सुजित साक्सेना, शोभाकर बुढाथोकी, शुशील प्याकुरेल, सुशील विक, सुवोध प्याकुरेल, सोम निरौला र तिलोतम पौडेलले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।